विभिन्न मुद्दाका ८ जना फरार प्रतिवादीहरू पक्राउ


काठमाडौं – विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ८ जना प्रतिवादीहरूलाई प्रहरीले खोजतलासको क्रममा फेला पारी पक्राउ गरेको छ।

अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानुन कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न परिचालन भएको प्रहरी टोलीले खोजतलासको क्रममा झापाबाट ४ जना, मोरङबाट १ जना र सुनसरीबाट ३ जनालाई पक्राउ गरेको हो।

पक्राउ परेकाहरूबाट ५ वर्ष ११ महिना ५ दिन कैद सजाय र १२ हजार जरिवाना बापतको रकम असुल उपर भएको छ भने उनीहरूलाई कैद भुक्तानको लागी कारागार पठाइएको प्रहरीले जनाएको छ।