काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४२२.५ ग्राम सुनसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत दिल्लीका करिब ४६ वर्षीय असलम शोकत रहेका छन्। मुम्बईबाट इन्डिगो एयरको उडानमार्फत काठमाडौं आएका शोकतलाई विमानस्थलमा अस्वाभाविक रूपमा हिँडडुल गरिरहेको अवस्थामा शंका लागेपछि चेकजाँच गरिएको थियो।
चेकजाँचका क्रममा उनले अन्डरवेयरभित्र प्लास्टिकले बेरी लुकाइछिपाई राखेको अवस्थामा ४२२.५ ग्राम सुनजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ। उक्त पदार्थसहित उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि प्रहरी वृत्त गौशाला पठाइएको छ। प्रहरीले बरामद पदार्थ सुन भए–नभएको तथा घटनाबारे थप अनुसन्धान गरिरहेको छ।






About Us
प्रतिक्रिया