बैंकिङ्ग कसुर मुद्दामा १९ लाख बिगो तोकिएका चार जना फरार प्रतिवादी पक्राउ


काठमाडौं – बैंकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुरका रमेश कुमार मगर, रामेछापकी सावित्रा पुलामी मगर, काभ्रेपलान्चोकका बद्री प्रसाद डोटेल र धादिङकी सुनिता थापा रहेकी छिन्। 

प्रहरीका अनुसार, बैंकिङ्ग कसुर मुद्दामा मगरलाई एक दिन कैद र १५ हजार रुपैयाँ  जरिवाना र ३ लाख १८ हजार बिगो, मगरलाई एक दिन कैद, डोटेललाई २ वर्ष  १० दिन कैद र १४ लाख जरिवाना, २१ लाख ३५ हजार बिगो र   थापालाई १ दिन कैद र १३ हजार जरिवाना र २ लाख ७२ हजार बिगो  फैसला भएको थियो। 

जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिईएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो। उनीहरूलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको प्रहरीले जनाएको छ।