भदौको करदाता प्रोत्साहन उपहारको नतिजा आज सार्वजनिक हुँदै


काठमाडौं – अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ देखि सुरु गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत भदौ महिनाको सम्पूर्ण नतिजा आज सार्वजनिक हुँदैछ। आन्तरिक राजस्व विभाग, लाजिम्पाटस्थित सभाहलमा आयोजना हुने कार्यक्रममा भदौ महिनाका विजेताको घोषणा गरिने विभागले जनाएको छ।

विभागका अनुसार आज ३१ जना विजेताले जनही एक लाख रुपैयाँ तथा २ जना बम्पर विजेता घोषणा गरिनेछ। यससँगै भदौ महिनाका कुल ३३ जना विजेता सार्वजनिक हुनेछन्।

यसअघि भदौ १६ गतेका लागि तय गरिएको उपहार घोषणा कार्यक्रम भोटेकोसीमा आएको बाढीका कारण स्थगित गरिएको थियो। स्थगित कार्यक्रम आज आयोजना गर्न लागिएको हो। करदातालाई कर प्रणालीमा सहभागी हुन प्रोत्साहित गर्ने उद्देश्यले अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ देखि यो उपहार कार्यक्रम सञ्चालनमा ल्याएको हो।