अरुण भ्याली हाइड्रोपावरद्वारा ५.२६३ प्रतिशत लाभांश प्रस्ताव


काठमाडौँ। अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्ष २०८२÷८३ को सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई ५.२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। कम्पनीको २८–७ औं सञ्चालक समितिको बैठकअनुसार आफ्ना शेयरधनीहरुलाई सो लाभांश प्रस्ताव गरिएको हो।

कम्पनीले हाल कायम रहेको चुक्ता पूँजी चार अर्ब चार करोड चार लाखको ५ प्रतिशतका दरले हुन आउने २० करोड २० लाख २० हजार रुपैयाँ बराबरको बोनस शेयर प्रस्ताव गरेको छ। यस्तै, ०.२६३ प्रतिशतका दरले हुन आउने १ करोड ६ लाख ३२ हजार रुपैयाँ नगद लाभांश (कर प्रयोजनका लागि) प्रस्ताव गरेको छ।

कम्पनीले कूल २१ करोड २६ लाख ५२ हजार रुपैयाँ बराबरको लाभांश प्रदान गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांश कम्पनीको आगामी २९औँ वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र शेयरधनीहरूलाई वितरण गरिनेछ। कम्पनीले आफ्नो २९औँ वार्षिक साधारण सभा मिति असोज २७ गतेलाई डाकेको छ।

उक्त साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज १३ गते १ दिनका लागि शेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ।