काठमाडौं – नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका–९ बेलाटारीबाट स्रोत नखुलेको नगद २१ लाख ६० हजार रुपैयाँ सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही गाउँपालिका–६ गुठीप्रसौनी बस्ने २५ वर्षीय अंकित गुप्ता र २० वर्षीय अभिनन्दन गुप्ता रहेका छन्।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको प्रहरीले यूपी ५६ बीएच ६५५६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।






About Us
प्रतिक्रिया