काठमाडौं – वृद्ध वृद्धाको वृद्धा भत्ता रकम चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछापका आकाश लामा र सन्दिप तामाङ रहेका छन्।
उनीहरू रामेछाप सुनापती गाउँपालिका वडा– २ दिमीपोखरी बस्ने वर्ष ७५ को इमान सिं तामाङको घर फोडी वृद्ध भत्ताको रकम ७८ हजार चोरी गरी फरार रहेको प्रहरीले जनाएको छ।
उनीहरूलाई चोरी भएको रकमसहित पक्राउ गरी चोरी मुद्दामा रामेछाप जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।






About Us
प्रतिक्रिया