काठमाडौं – काठमाडौंको रातोपुल नजिक सफिक मासु पसलमा खसीको मासु भनेर १८०० मा बाख्रीको मासु बिक्री वितरण गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको सितामडि जिल्ला घर भई हाल रातोपुल बस्ने महमद इम्रान मन्सुरी (मासु पसल सञ्चालक), नुवाकोटका अरुण कार्की र मकवानपुरका सुजन रसाइली रहेका छन् ।
गोप्य सूचनाको आधार प्रहरीले मासु पसलभित्र पट्टि सटरमा बाख्री काटेर मासु बिक्री वितरण गरिराखेको र जिउँदो १ ओटा काट्ने अवस्थामा समेत राखिएकोमा नियन्त्रणमा लिएको छ। उनीहरूलाई प्रहरी वृत्त गौशालामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया