काठमाडौं – काठमाडौं टोखा नगरपालिका– २ लबु डेरा गरी बस्ने नुवाकोट ककनी गाउँपालिका– ६ घर भएका ५७ वर्षीय भाई राजा गौतमको कोठाबाट चोरी भएको छ।
उनको कोठाबाट नगद र सुन तथा चाँदीका विभिन्न गरगहनाहरू समेत गरी करिब १२ लाख १३ हजार रुपैयाँ बराबरको धनमाल गए राति चोरी भएको प्रहरीले जनाएको छ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।






About Us
प्रतिक्रिया