काठमाडौं – रसुवामा आएको भीषण बाढीपछि ३८४ भन्दा बढी पर्यटक सम्पर्कविहीन रहेको पाइएको छ। नेपाल पर्यटन बोर्डका प्रवक्ता सन्तोष पन्तका अनुसार ३८४ बढी पर्यटक सम्पर्कविहीन भएका हुन्।
पन्तका अनुसार पर्यटन क्षेत्रका विभिन्न संघसंस्था तथा ट्राभल कम्पनीहरूसँग सम्बन्धित संघसंस्थासँग गरिएको प्रारम्भिक छलफल र उनीहरूले उपलब्ध गराएको विवरणका आधारमा ३८४ जना सम्पर्कमा आउन नसकेका हुन्।
उक्त संख्यामध्ये करिब ९० जना नेपाली रहेको र बाँकी विदेशी पर्यटक रहेको उनले बताए। प्रवक्ता पन्तका अनुसार प्रभावित पर्यटकमध्ये अमेरिका, जर्मनी, लिथुआनिया, भारतलगायत विभिन्न देशका नागरिक रहेको जानकारी प्राप्त भएको छ। विशेषगरी भारतीय मूलका विदेशी पर्यटकको संख्या उल्लेख्य रहेको प्रारम्भिक विवरणमा देखिएको छ।






About Us
प्रतिक्रिया