धनगढी – कैलालीमा दुई लाख घुस रकमसहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ परेका छन्। पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–४ को कालिका माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्य देवबहादुर बम रहेका छन्।
उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले बिहीबार घुस रकमसहित रंगेहात नियन्त्रणमा लिएको जनाएको छ।
बमले विद्यालयमा कार्यरत कर्मचारीको पारिश्रमिक रकम वृद्धि गर्ने लोभ देखाएर रकम असुलेका थिए। उनलाई नियन्त्रणमा लिएर थप सोधपुछ तथा अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।






About Us
प्रतिक्रिया