काठमाडौं – नाबालिकालाई सामाजिक सञ्जालमार्फत प्रलोभनमा पारी अश्लील सामग्री सार्वजनिक गर्दै चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका–७ का १९ वर्षीय सुदिप कटुवाल रहेका छन्।
प्रहरीका अनुसार कटुवालले फेसबुकमार्फत नाबालिकासँग साथी बनेर प्रलोभनमा पारेका थिए। त्यसपछि नाबालिकासँग सम्बन्धित अश्लील सामग्री सामाजिक सञ्जालमा पोस्ट गरी चरित्र हत्या गर्ने तथा रकमसमेत माग गर्ने गरेको आरोप छ।
घटनाबारे अनुसन्धानका क्रममा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। कटुवालविरुद्ध जिल्ला अदालत काठमाडौंको अनुमतिमा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा सात दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।






About Us
प्रतिक्रिया