काठमाडौं – बजारमा अन्डाको मूल्य फेरि बढेको छ। नेपाल लेयर्स कुखुरा पालक संघले आजदेखि लागू हुने गरी फार्मबाट बिक्री हुने अन्डाको समर्थन मूल्य बढाएको हो।
चितवनलाई आधार मानेर निर्धारण गरिएको नयाँ मूल्यअनुसार एक्सएल आकारको अन्डाको मूल्य प्रतिक्रेट ५९० रुपैयाँ पुगेको छ। यसैगरी ठुलो अन्डा ५७५ रुपैयाँ र मिडियम आकारको अन्डा ५३५ रुपैयाँ प्रतिक्रेट कायम गरिएको छ। सानो अन्डाको मूल्य भने प्रतिपेटी ३ हजार २०० रुपैयाँ तोकिएको छ।
संघले यसपटक अन्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँले बढाएको हो। यसअघि ३० साउनदेखि एक्सएलको ५७५, ठूलोको ५६० र मिडियमको ५२० रुपैयाँ मूल्य निर्धारण गरिएको थियो।






About Us
प्रतिक्रिया