एडीबीको वैकल्पिक कार्यकारी निर्देशक बने धनीराम शर्मा, अन्तर्राष्ट्रिय महाशाखामा लम्साल


काठमाडौं – अर्थ मन्त्रालयका सहसचिव डा. धनीराम शर्माई एसियाली विकास बैंक (एडीबी) को वैकल्पिक कार्यकारी निर्देशक बनेर जाने भएका छन् । मन्त्रिपरिषद्को साउन १४ गतेको बैठकले अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुखसमेत रहेका शर्मालाई एडीबीको वैकल्पिक कार्यकारी निर्देशकमा नेपालका तर्फबाट पठाउने निर्णय गरेको हो।

सरकारले मन्त्रालयका सहसचिव डा. शर्मालाई एडीबी पठाउने भएसँगै उक्त महाशाखाको जिम्मेवारी सहसचिव अमृत लम्साललाई दिइएको छ । लम्साल योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखाको प्रमुखको जिम्मेवारीमा थिए। यस्तै, मन्त्रालयले कविता रेग्मी पौड्याललाई योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख र मन्त्रालयको प्रवक्ताको जिम्मेवारी दिएको छ भने देवराज जोशीलाई आर्थिक नीति विश्लेषण महाशाखाको जिम्मेवारी तोकिएको छ ।

एडिबीको कार्यकारी निर्देशकमा हाल रहेका सहसचिव श्रीकृष्ण नेपाल रहेका छन् । उमेरहदका कारण उनी अवकाशमा जाने भएपछि शर्मालाई वैकल्पिक कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको हो ।