सिद्धार्थ क्यापिटलका दुई म्यूचुअल फण्डहरूको लाभांश घोषणा


काठमाडौं – सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत कम्पनी योजना व्यवस्थापक रही सञ्चालनमा रहेका बन्दमुखी योजनाहरू सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–२ र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–३ को लाभांश घोषणा भएको छ।

क्यापिटलले सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ का इकाईधनीहरुलाई ८ प्रतिशत र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ का इकाईधनीहरूलाई १० प्रतिशतका दरले नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको हो।

सिद्धार्थ क्यापिटलको भदौ १ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि सो दरमा लाभांश घोषणा गर्ने निर्णय गरेको हो। साथै सोही बैठकले सिद्धार्थ इक्विटी फण्ड २ का इकाईधनीहरूलाई भने लाभांश वितरण नगर्ने निर्णय समेत गरेको छ।