काठमाडौं – सार्वजनिक यातायातमा चढी सुनको सिक्री चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोलुखुम्बुका अजय बस्नेत र झापाका भविन्द्र विक रहेका छन्।
उनीहरूले काठमाडौंको पुरानो बसपार्कदेखि बिजुली बजारसम्म सार्वजनिक यातायातमा चढी सवार एक व्यक्तिले घाँटीमा लगाएको सुनको सिक्री चोरी गरेको प्रहरीले जनाएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि प्रहरी वृत्त सिंहदरबार पठाइएको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया