उपत्यकाबाट एक सातामा ११० जना पक्राउ,  ३६ लाख ६८ हजार बिगो 


काठमाडौं – २०८३ साउन २५ गतेदेखि २०८३ साउन ३१ गतेसम्ममा काठमाडौं उपत्यकाबाट फैसला कार्यान्वयनतर्फ ११० जना पक्राउ परेका छन्।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार, सात दिनमा काठमाडौं उपत्यकाबाट ११० जना पक्राउ परेका हुन्। पक्राउ पर्नेहरूको कैद अवधि २६ वर्ष ७ महिना ३ दिन पुगेको छ। साथै, ३६ लाख ६८ हजार ६५७ बिगो उठेको छ।