काठमाडौं – भक्तपुरको सूर्यविनायक नगरपालिका– १० भातेढिकुरस्थित होटल भ्यू भक्तपुरमा जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–८ जगाती बस्ने ४७ वर्षीय हरीकृष्ण सिन्ताकलासहित ५ जना रहेका छन्।
प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३७ हजार २० रुपैयाँ र १ सय २८ पत्ती तास सहित पक्राउ गरेको हो। यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।







About Us
प्रतिक्रिया