काठमाडौं – ललितपुर ललितपुर महानगरपालिका १० बालकुमारीबाट बैंकिङ्ग कसुर मुद्दामा फरार एक जना पक्राउ परेका छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–६ घर भई हाल ललितपुर महानगरपालिका–१० बालकुमारी बस्ने गणेश भण्डारी रहेका छन्।
पक्राउ परेका भण्डारीले १२ वटा बैंकिङ्ग कसुर तथा चेक अनादर मुद्दामा २ करोड ६५ लाख ३४ हजार ९ सय ५८ रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।
साथै, अदालतको फैसलाअनुसार उनलाई १६ दिन कैद र १ करोड ५८ लाख ५४ हजार ६ सय ३० रुपैयाँ जरिवाना तोकिएको छ। भण्डारीलाई फैसला कार्यान्वयनका लागि भक्तपुर जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ।







About Us
प्रतिक्रिया