स्मार्ट टेलिकम प्रकरणमा कसलाई कति बिगो दाबी ?


काठमाडौं – सरकारी वकिल कार्यालय काठमाडौंले स्माट टेलिकम प्रकरणमा ९६ अर्ब १२ करोड १७ लाख बिगो दाबीले गरी काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। जसमा सर्वेश जोशी, सतिशलाल आचार्य, सचिनलाल आचार्य, भाष्करनरसिंह जोशी, ज्योतिप्रकाश पाण्डे, पृथ्वीबहादुर पाण्डे, प्रजन्य राजभण्डारी, कबिकुमार टिवडेवाला, दिपाङ्कर शाक्य, शालिकराम बेलबासे र शोभा श्रेष्ठलाई  ४ अर्ब २० करोड बिगो दाबी गरिएको छ।

यस प्रकरणमा नेपाल इन्भेष्टमेन्ट मेगा (एनआइएमबी) बैंकका प्रतिवादी बनाइएका आठ जनामाथि पनि ४ अर्ब २० करोड बिगो दाबी गरिएको हो। त्यस्तै, पलिना श्रेष्ठलाई  ४ करोड ४५ लाख र खुमनाथ अधिकारी र नरेन्द्र उलकलाई  ४ करोड २५ लाख बिगो दाबी गरिएको छ। सर्वेश जोशी, सतिशलाल आचार्य ,भावना सिंह श्रेष्ठ, सचिनलाल आचार्यलाई ४ अर्ब ३६ करोड ५८ लाख बिगो माग गरिएको अभियोग पत्रमा उल्लेख गरिएको छ। 

साथै, सतिशलाल आचार्य, श्रीधर सरिपुक्ता हन्स विजय सुरिया, अब्दुजावोर कायुमोभ, थन्डादाम भिराभल्ली थिरुमला चारी, अमाली नानायाकरा र नियो हुई युलाई ८७ अर्ब २ करोड ६४ लाख बिगो दाबी गरिएको छ।