काठमाडौं – सरकारी वकिल कार्यालय काठमाडौंले स्मार्ट टेलिकम घोटाला प्रकरणमा नेपाल इन्भेष्टमेन्ट मेगा (एनआइएमबी) बैंकका अध्यक्ष ,सीईओ लगायत ७ जना माथि मुद्दा दायर गरेको छ।
यस प्रकरणमा २२ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको छ। जसमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका मात्रै आठ जनालाई प्रतिवादी बनाइएको हो।
जसमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सञ्चालक समितिका अध्यक्ष पृथ्वी बहादुर पाण्डे प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे, सञ्चालक समितिका सदस्य कबि कुमार तिब्रेवाला, भाष्कर नरसिंह जोशी, प्रजन्य राजभण्डारी, दिपाङ्कर शाक्य उडाई, शालिकराम बेलबासे र शोभा श्रेष्ठमाथि मुद्दा दायर भएको हो।
उनीहरुमाथि सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा ४ अर्ब २० करोड बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको छ।







About Us
प्रतिक्रिया