बैंकिङ्ग कसुर मुद्दामा ६२ लाख बिगो तोकिएका देव रमन डंगोल पक्राउ 


काठमाडौं – बैंकिङ्ग कसुर मुद्दामा ६२ लाख बिगो तोकिएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुरको गोदावारी बस्ने देव रमन डंगोल रहेका छन्। 

काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति प्राप्त भई फरार रहेका डंगोललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिइएको प्रहरी टोलीले उनलाई ललितपुरको ललितपुर महानगरपालिका – ५ लगनखेल, दक्षीणकाली चोकबाट पक्राउ गरेको हो। 

उनलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।