काठमाडौं – रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटलले आफ्नो व्यवस्थापनमा सञ्चालित रिलायबल समृद्धि योजनाका इकाईधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
साउन २८ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले क्यापिटलले आफ्ना इकाईधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो।
योजनाका इकाईधनीहरुलाई ८.४२ प्रतिशतले हुन आउने १० करोड १० लाख ५२ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। लाभांश वितरण प्रयोजनार्थ क्यापिटलले भदौ १० गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ।








About Us
प्रतिक्रिया