काठमाडौं – बैंकिङ्ग कसुर मुद्दामा फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाजुराका मोहन कुमार गिरी रहेका छन्। उनीमाथि काठमाडौं जिल्ला अदालतले बैंकिङ्ग कसुर मुद्दामा ५१ लाख बिगो बापत २ वर्ष कैद फैसला गरेको थियो।
गिरीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिइएको प्रहरी टोलीले एयरपोर्टबाट पक्राउ गरेको हो।
उनलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालत बबरमहल, काठमाडौँमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।








About Us
प्रतिक्रिया