काठमाडौं – ललितपुरको ललितपुर महानगरपालिका–२८ हरिसिद्धीस्थित एक घर लगायत पाँच ठाउँमा चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुरको गोदावरी बस्ने सुरज महर्जन रहेका छन्।
साउन २२ गते बिहान करिब ८ बजे रिना महर्जनको घरकोठामा चोरी भएको थियो। घटनापछि घटनास्थल वरिपरिका सीसीटीभी फुटेजसमेतको आधारमा चोरी गर्ने व्यक्तिको खोजतलास गर्ने क्रममा प्रहरी वृत्त सातदोबाटो ललितपुरको प्रहरी टोलीले मोटरसाइकलमा भाग्दै गरेको अवस्थामा महर्जनलाई पक्राउ गरेको हो।
उनको शरीर खानतलासी गर्दा उनले बोकेको झोलाभित्र चोरी गरी ल्याएको सुनचाँदीका गरगहनासमेत फेला परेको प्रहरीले जनाएको छ। उनलाई पक्राउ गरी चोरी मुद्दामा ललितपुर जिल्ला अदालतबाट पाँच दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले उनको साथबाट सुनको नौगेडी, हार, झुम्का, औँठी, सिक्री, तिलहरी, चुरा– बाला र चाँदीको औँठी,चाबी झुन्ड्याउने रिङ, हार, सिक्री, हनुमानको लकेट, ब्रासलेट, पाउजु र पुराना नयाँ सिक्काहरू बरामद गरेको छ।








About Us
प्रतिक्रिया