शेखर गोल्छालाई १ करोड धरौटीमा रिहा गर्न अदालतको आदेश 


काठमाडौं – विशेष अदालतले व्यवसायी शेखर गोल्छालाई १ करोड धरौटीमा रिहा गर्न आदेश दिएको छ। उनलाई विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासले सम्पत्ति शुद्धीकरणको मुद्दामा १ करोड रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। उनी धरौटी बुझाएर निस्कने क्रममा रहेको विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन्।

गोल्छालाई साउन १२ गते न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको इजलासले बिमासम्बन्धी कसुरमा गोल्छालाई ७५ लाख र धितोपत्रको कसुरमा २५ लाख धरौटी माग्ने आदेश दिएको थियो। यस्तै, गोल्छालाई बीमा र धितो पत्रसम्बन्धी कसुरमा जम्मा १ करोड धरौटी माग गरिएको थियो।