काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा कञ्चनपुरका करण ऐर, काठमाडौंकी सुनिता श्रेष्ठ, मोरङका प्रेम पुरी, काभ्रेपलान्चोकका अच्युत दुलाल र कालिकोटका बिर्ख बहादुर विक रहेका छन्।
पक्राउ मध्ये करणले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रुपैयाँ, सुनिताले युरोप पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ५० हजार रुपैयाँ, प्रेमले जापान पठाइदिन्छु भन्दै १ सय १४ जना पीडितहरूबाट २ करोड २५ लाख रुपैयाँ, अच्युतले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३७ लाख रुपैयाँ र बिर्खबहादुरले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले करण र सुनितालाई काठमाडौं महानगरपालिका–१२ बाटर, अच्युतलाई काठमाडौं गोकर्णेश्वर नगरपालिका– ७ बाट, बिर्ख बहादुरलाई काठमाडौं महानगरपालिका–१६ बाट र प्रेमलाई काठमाडौं महानगरपालिका–३ बाट पक्राउ गरेको हो। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।








About Us
प्रतिक्रिया