काठमाडौं – काठमाडौं उपत्यकामा साउन १८ गतेदेखि २४ गतेसम्म फैसला कार्यान्वयनतर्फ १२१ जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार अदालतबाट भएको फैसला कार्यान्वयन गर्ने क्रममा उक्त अवधिमा उपत्यकाका विभिन्न स्थानबाट १२१ जनालाई पक्राउ गरिएको हो।
पक्राउ परेकामध्ये अदालतको फैसलाअनुसार कुल २१ वर्ष ४ दिन कैद सजाय र २ करोड ४९ लाख ९८ हजार रुपैयाँ बिगो तोकिएको छ।








About Us
प्रतिक्रिया