बैंकिङ्ग कसुर मुद्दामा १५ लाख बिगो तोकिएका विजय खड्का पक्राउ 


काठमाडौं – बैंकिङ्ग कसुर मुद्दामा १५ लाख बिगो तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा सर्लाहीका विजय खड्का रहेका छन्। 

जिल्ला अदालत सर्लाहीबाट बैंकिङ्ग कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुरको चाँगुनारायण नगरपालिका– २ दुवाकोटबाट पक्राउ गरेको हो। 

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि इलाका प्रहरी कार्यालय हरिवन सर्लाही पठाइएको प्रहरीले जनाएको छ।