काठमाडौं – सुन तथा चाँदीका गरगहना, नगद र मोबाइल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा धनुषाका घनश्याम क्रामछाकी, तनहुँका अन्जान दाश र काठमाडौंको जय बागेश्वरी बस्ने सजिर श्रेष्ठ रहेका छन्।
बुढानीलकण्ठ नगरपालिका–९ पिपलबोटस्थित घरबाट साउन १२ गते र सोही नगरपालिका–१२ राधाकृष्ण मन्दिरस्थितबाट साउन २० गते सुन तथा चाँदीका गरगहना, नगद र मोबाइल शृङ्खलाबद्ध रूपमा चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु समेतबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।







About Us
प्रतिक्रिया