वासिङ्टन डीसी – बिजुली, इन्टरनेट र जनशक्तिको पहुँचलाई विस्तार गर्न सके कृत्रिम बौद्धिकता (एआई) ले नेपालजस्ता विकासशील तथा विकासोन्मुख देशहरूलाई १०० वर्ष लाग्ने प्रगति आगामी १० वर्षमै हासिल गराउन सक्ने एक अध्ययनले देखाएको छ।
विश्व बैंक समूहले मंगलबार सार्वजनिक गरेको ‘विश्व विकास प्रतिवेदन २०२६ः द प्रमिस अफ आर्टिफिसियल इन्टेलिजेन्स’ शीर्षकको प्रतिवेदन अनुसार एआईको सही प्रयोगले सुस्त बनेको विश्व अर्थतन्त्रलाई नयाँ गति दिन सक्नेछ। धनी देशमा रोजगारी गुम्ने जोखिम बढीप्रतिवेदन अनुसार जेनेरेटिभ एआईका कारण रोजगारी गुम्ने वा स्वचालित हुने जोखिम निम्न तथा मध्यम आय भएका विकासोन्मुख देशको तुलनामा उच्च आय भएका विकसित देशहरूमा धेरै छ।
धनी देशहरूमा १४.२ प्रतिशत रोजगारी जोखिममा रहँदा विकासोन्मुख देशहरूमा यो दर ४.५ प्रतिशत मात्र छ। यसको विपरीत, एआईको प्रयोगले विकासोन्मुख देशका १६.२ प्रतिशत रोजगारीको उत्पादकत्व र कार्यक्षमतामा उल्लेख्य वृद्धि ल्याउने प्रतिवेदनको निष्कर्ष छ।
साना प्रविधिबाट ठूलो लाभविश्व बैंकका मुख्य अर्थशास्त्री इन्डरमिट गिलका अनुसार विकासोन्मुख देशहरूले लाभ लिन ठूला एआई मोडल वा महँगा डाटा सेन्टर बनाइरहनु पर्दैन। साना र कम लागतका एआई प्रविधिलाई स्थानीय आवश्यकता अनुसार प्रयोग गरेर स्वास्थ्य, शिक्षा, न्याय र कृषि क्षेत्रमा ठूलो सुधार ल्याउन सकिन्छ।
‘एआईले विकासोन्मुख देशका लागि एउटा नयाँ अवसर सिर्जना गरेको छ’, गिलले भने, ‘तर यो प्रविधि बिजुली वा इन्टरनेटभन्दा पनि तीव्र गतिमा फैलिरहेकाले देशहरूले तुरुन्तै कदम चाल्नुपर्छ।’ त्यसका लागि नेपालजस्ता देशहरुले ३ प्रकारका काम गर्नुपर्ने बताइएको छ।
उपलब्ध एआई उपकरणहरूलाई दैनिक काममा भित्र्याउनुपर्ने, ती प्रविधिलाई स्थानीय भाषा, संस्कृति र आवश्यकता अनुसार ढाल्ने र समयक्रमसँगै आफ्नै देशमा उन्नत एआई प्रविधिको विकास गर्ने जस्ता काम नेपालजस्ता मुलुकले गर्नुपर्ने बताइएको छ। आधारभूत पूर्वाधार अझै कमजोरप्रतिवेदनले प्रविधिको फाइदा लिन आधारभूत पूर्वाधारको विकास अनिवार्य रहेको औंल्याएको छ।







About Us
प्रतिक्रिया