बालाजु क्षेत्रमा बालबालिकाको कानको मुन्द्रा लुट्ने चार जना पक्राउ


काठमाडौं –  काठमाडौं बालाजु एरियामा स–साना बालबालिकालाई ललाई फकाई उनीहरूको कानको मुन्द्रा लुट्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कालिकोटका दीपक क्षेत्री, धर्मेन्द्र दर्जी, दाङका जेम्स नेपाली र  सिन्धुपाल्चोकका विष्णु क्षेत्री रहेका छन् । 

बालबालिकालाई ललाई फकाई तथा सर्वसाधारणलाई डर त्रास देखाई कानको मुन्द्रा लुटपाट गर्ने गरेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई हो। 

उनीहरूले लुटपाट गरेको सुनको मुन्द्रा ४ थानसहित उनीहरूलाई नियन्त्रणमा लिई चोरी तथा डाँका सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिन म्याद थप लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।