काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले उद्योग सञ्चालन र विस्तार गर्न सक्ने वातावरण निर्माण गर्ने बताएका छन् । उनले आज उद्योगीहरूसँगको भेटका क्रममा यस्तो बताएका हुन् ।
उनले सरकारले आफै उद्योग सञ्चालन गर्नेभन्दा पनि उद्योग सञ्चालन र विस्तार गर्न सक्ने वातावरण निर्माण गर्ने बताएका हुन् । ‘यदि उत्पादन लागत बढी छ भने किन बढी छ ? उद्योगहरू चल्न नसक्नुको वास्तविक कारण के हो ? नयाँ लगानी किन आउँदैन । लगानीकर्ताले लगानी गर्न किन हिचकिचाउँछ ? कानुन प्रक्रिया र प्रशासनको कुन तहमा समस्या छ हामी यी सबै प्रश्नको उत्तर प्रतिवेदनमा होइन व्यवहारमा खोज्न चाहन्छौँ’ उनले भने ।
यस्तै, उनले उद्योगीहरूको समस्या समाधानका लागि निरन्तर समाधान कार्यमा लाग्ने बताए । उनले उत्पादन लागत कसरी बढाउन सकिन्छ ? जग्गा विद्युत्, श्रम, ढुवानी वित्त, कच्चा पदार्थ र बजारसँग सम्बन्धित प्रमुख अवरोधहरू के के हुन् कुन कानुन संशोधन गर्नुपर्छ, कुन नयाँ कानुनी व्यवस्था आवश्यक छ ? सरकारले तत्काल गर्न सक्ने निर्णयहरू के के हुन् ? मध्यम अवधिमा गर्नुपर्ने सुधारहरू के हुन् र निजी क्षेत्र स्वयम्ले आफ्नो प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न के कस्ता काम गर्न सक्छन् भन्ने विषयमा केन्द्रित रहेर छलफल गर्ने बताए ।








About Us
प्रतिक्रिया