काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बीमा ऐन, २०७९ तथा धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा फरार रहेका एक जनालाई पक्राउ गरेको छ।
नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डको पत्र जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको मुद्दामा फरार रहेका काठमाडौं महानगरपालिका–७ निवासी मृगेन्द्रनाथ रिमाललाई बिहीबार काठमाडौं महानगरपालिका–७ स्थित सिफलबाट पक्राउ गरिएको ब्यूरोले जनाएको छ।
ब्यूरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेर रिमाललाई आवश्यक कानुनी कारबाहीका लागि काठमाडौं जिल्ला अदालत पेस गरेको छ । प्रहरी वरिष्ठ उपरीक्षक तथा प्रवक्ता अनुपम शमशेर जबराकाअनुसार उनलाई अदालतमा उपस्थित गराएर थप कानुनी प्रक्रिया अघि बढाइएको छ।
उनी नेपाल माइक्रो इन्स्योरेन्सका पुर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत हुन् ।







About Us
प्रतिक्रिया