काठमाडौं – बैंकिङ्ग कसुर मुद्दामा फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई काठमाडौंको गोकर्णेश्वर बस्ने राजेश बिष्ट रहेका छन् ।
चेक बाउन्स मुद्दामा भक्तपुर जिल्ला अदालतबाट पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले कागेश्वरीबाट पक्राउ गरेको हो । उनलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि प्रहरी वृत्त जगाती, भक्तपुर पठाइएको प्रहरीले जनाएको छ ।
साथै, प्रहरी वृत्त बौद्ध, काठमाडौंमा र जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंमा पनि उनीमाथि बैंकिङ्ग कसुर मुद्दा दर्ता भई फरार रहेको प्रारम्भिक अनुसन्धानका क्रममा खुल्न आएको छ ।






About Us
प्रतिक्रिया