काठमाडौंमा एक महिनामा १ हजार १२८ वटा उजुरी दर्ता, आर्थिक अपराधका मात्रै ४३८ वटा


काठमाडौं – काठमाडौं जिल्ला प्रहरी परिसरमा असार महिनामा १ हजार १२८ वटा उजुरी दर्ता भएको छ । जसमा आर्थिक अपराधका मात्रै ४३८ वटा रहेका छन् । 

जिल्ला यस महिनामा सम्पत्ति शुद्धीकरण सम्बन्धी एक वटा उजुरी परेको छ, भने त्यस केसमा २ जना पक्राउ परेका छन् । साथै, हण्डीसम्बन्धी कसुरमा ३ वटा मुद्दा दर्ता भएको छ । जसमा ६ जना पक्राउ परेका छन्, भने उनीहरूको बिगो ६४ लाख ४१ हजार पुगेको छ । 

साथै, प्रहरीका अनुसार, असारमा ३४६ जना पक्राउ परेका छन् । उनीहरूको कैद अवधि १०० वर्ष ५ महिना २२ पुगेको छ भने जरिवाना रकम २ करोड ७७ लाख २३ हजार पुगेको हो। त्यस्तै, यस महिनामा ३१० वटा साइबर अपराधका घटनामा उजुरी परेको छ ।