युके पठाइदिन्छु भन्दै १७ लाख ठगी गर्ने पूजा शाही पक्राउ 


काठमाडौं – वैदेशिक रोजगारीमा युके पठाइदिने प्रलोभन देखाई १७ लाख रुपैयाँ ठगी गर्ने एक जना महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा  काठमाडौंको काठमाडौं महानगरपालिका–१७ बस्ने पूजा शाही रहेकी छिन् । 

उनलाई प्रहरीले काठमाडौंको माइतीघरबाट पक्राउ गरिएको हो । उनीविरुद्ध  युके पठाइदिने भन्दै एक जना पीडितबाट १७ लाख रुपैयाँ ठगी गरेको आरोप रहेको छ। पक्राउ परेकी शाहीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।