स्कुटर चोरीमा संलग्न माइते सिं स्याङ्तान पक्राउ


काठमाडौं – भक्तपुरको सूर्यविनायक नगरपालिका– ८ चुकुपुलबाट स्कुटर चोरी भएको घटनमा संलग्न रहेको अभियोगमा काठमाडौं गोकर्णेश्वर बस्ने सिन्धुली मरिण गाउँपालिका– ४ घर भएका ३१ वर्षीय माइते सिं स्याङ्तानलाई शनिवार प्रहरीले पक्राउ गरेको छ। 

सूर्यविनायक नगरपालिका– ८ चुकुपुलबाट साउन १ गते राति स्कुटर हराएको भन्ने पीडितको उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त कार्यमा संलग्न स्याङ्तानलाई सूर्यविनायक नगरपालिका-१ सल्लाघारीबाट चोरी भएको स्कुटरसहित पक्राउ गरेको हो। 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।