काठमाडौं – कैलालीमा प्रहरीले अनाधिकृत मुद्रा कारोबारमा संलग्न रहेको आरोपमा ९ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयले धनगढी उपमहानगरपालिका–४ को बसपार्कमा फ्ल्याट भाडामा लिएर अनाधिकृत रूपमा क्रिप्टो कारोबार गरिरहेको सूचनाका आधारमा छापा मारेर ९ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कैलालीको गौरीगंगाका प्रेमबहादुर साउद, उदयपुरको त्रियुगाका दिपिन मगर, भारतको दिल्लीको रविकुमार सूर्यवंशी, भारतको हरियाणाका दीपकुमार जाट, चितवनका जितेन्द्र कट्टेल, ललितपुरका राजकुमार मोक्तान, काडमाडौंका राजन चुडाल, झापाका हरिप्रसाद चापागाईं र धनगढी उपमहानगरपालिका–३ का ज्ञानेन्द्र ढकाल छन्।
उनीहरूलाई पक्राउ गरी अदालतबाट म्याद लिई अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया