स्रोत नखुलेको नगद ५ लाखसहित राजेन्द्र प्रसाद पक्राउ


काठमाडौं –  स्रोत नखुलेको नेपाली ५ लाख रुपैयाँसहित रौतहटमा एक जना भारतीय नागरिक पक्राउ परेका छन्। उक्त नगदसहित भारत सितामढी बैरगनिया बस्ने ६२ वर्षीय राजेन्द्र प्रसाद जयसवाललाई प्रहरीले पक्राउ गरेको हाे।

रौतहटको गौर नगरपालिका– १ गौर भन्सार कार्यालय नजिकबाट स्रोत नखुलेको नगद ५ लाख ५० हजार नेपाली रूपैयाँ र ४ हजार २ सय ८० भारतीय रूपैयाँसहित उनी पक्राउ परेका हुन्।

भन्सार सुरक्षा गार्ड समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको अटो रिक्सामा सवार उनलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।