आजदेखि नयाँ आर्थिक वर्ष, अब तपाईँले कति तिर्नुपर्छ आयकर ?


काठमाडौं – आजदेखि आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । आगामी आर्थिक वर्ष सुरु भएसँगै करको दायरा पनि परिवर्तन भएको छ।

अबदेखि न्यूनतम कर सिमा १० लाख पुगेको छ । सरकारले व्यक्तिका हकमा आयकरको न्यूनतम सीमा १० लाख पुर्‍याएको हो। अर्थ मन्त्रालयले आयको न्यूनतम सीमा बढाएको हो । आर्थिक ऐन २०८३ अनुसार अबदेखि वार्षिक १० लाख रुपैयाँसम्म कमाउनेले अब १ प्रतिशत कर तिर्नुपर्ने छ।

यस्तै, १० देखि १५ लाखसम्मको ५ लाखमा १० प्रतिशत, १५ देखि २५ लाखको १० लाखमा २० प्रतिशत कर लाग्नेछ। २५ देखि ४० लाखसम्मको १५ लाखमा २७ प्रतिशत र ४० लाखभन्दा धेरै आय गर्नेहरुले २९ प्रतिशत कर तिर्नुपर्ने छ।