दीपक भट्ट र शुलभ अग्रवाललाई धरौटीमा छाड्न आदेश


काठमाडौं – काठमाडौं जिल्ला अदालतले धितोपत्र तथा बिमासम्बन्धी कसुरमा पक्राउ परेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्ने आदेश दिएको छ । न्यायाधीश शिव प्रसाद आचार्यको इजलासले उनीहरुलाई छाड्ने आदेश जारी गरेको हो ।

बीमासम्बन्धी कसुरमा अग्रवालसँग २ करोड र भट्टसँग १ करोड ५० लाख धरौटी माग गरेको हो । त्यस्तै, धितोपत्रको कसुरमा अग्रवाललाई डेढ करोड र भट्टसँग एक करोड धरौटी माग भएको छ । यस्तै, हिमालयन रिइन्स्योरेन्सको शेयर बिक्रीसम्बन्धी मुद्दामा अग्रवालसँग अदालतले २ करोड ३० लाख धरौटी माग गरेको छ ।

बीमा ऐन २०७९ र धितोपत्र सम्बन्धी कसूरमा उनीहरु पक्राउ परेका हुन् ।