वान एक्स बेट खेलाउने उसव कटुवाल र साजन तामाङ पक्राउ


काठमाडौं – काठमाडौंका विभिन्न स्थानहरूमा वान एक्स बेटलगायतका बेटिङ वेवसाइटहरु प्रयोग गरी ठुलो मात्रामा रकम हारजित हुने गरी अनलाइन जुवा (सट्टाबाजी) खेल्ने खेलाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी घर भई काठमाडौंको ठमेल बस्ने उसव कटुवाल र साजन तामाङ रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा ठमेल नरसिंह चोकबाट मोबाइल थान २ सहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो। 

उनीहरूमाथि सट्टाबाजी गर्न गराउन नहुने कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिन  म्याद थप लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।