काठमाडौं – इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर (छैटौँ तह) डिल्लीराज खड्का ६ लाख रूपैयाँ घुससहित पक्राउ परेका छन्।अख्तियारको इटहरीस्थित कार्यालय र टंगालको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
आयोगका अनुसार खड्काले पुलको रिडिजाइन स्वीकृत गराइदिने तथा ठेक्काको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए।
सेवाग्राहीबाट ६ लाख रूपैयाँ घुस लिइसकेको अवस्थामा झापाको दमक नगरपालिका-९ स्थित एक खाजा घरबाट उनलाई नियन्त्रणमा लिइएको हो।






About Us
प्रतिक्रिया