काठमाडौं – काठमाडौंको तारकेश्वर नगरपालिका–३ तीनपिप्लेस्थित टोखा नगरपालिका– ६ घर भएका २८ वर्षीय आश्रय शर्माले संचालन गरेको चेरी भ्याली रिसोर्टभित्र जुवातास खेलिरहेको अवस्थामा आश्रय समेत २४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९ लाख ८० हजार २ सय ८५ रुपैयाँ, ३ बुक तास र ४४ वटा कौडासहित उनीहरूलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।






About Us
प्रतिक्रिया