काठमाडौं – काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले असार २२ गते देखि असार २८ गतेसम्म गरी एक सातामै १० हजार ४९० जना सवारीचालक तथा नियम उल्लङ्घनकर्तामाथि कारबाही गरेको छ।
मादक पदार्थ सेवन (मापसे)गरी सवारीसाधन चलाउने, राइड सेयरिङमा, रातोबत्तीमा, तीव्र गतिमा , लेनक्रसमा, सडक फुटपाथमा, हर्न निषेधमा र एकतर्फीमा सावरी चलाउनेलाई प्रहरीले कारबाही गरेको हो ।
उक्त अवधिको कारबाहीबाट १ करोड १४ लाख रुपैयाँ जरिवाना रकम सङ्कलन गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ।






About Us
प्रतिक्रिया