अमेरिकी भिसा आवेदनका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने कँडेल पक्राउ 


काठमाडौं – लिखत सम्बन्धी कसुर मुद्दामा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका– ३२ जडिबुटी बस्ने रामेछाप दोरम्बा शैलुङ गाउँपालिका– ३ घर भएकी ४१ वर्षीया उषा देवी कँडेललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ। 

अमेरिकी भिसा आवेदनको लागि पेश गरेको विभिन्न शैक्षिक प्रमाणपत्रमध्ये एसएलसीको प्रमाणपत्र नक्कली भएकाे भन्दै नेपालस्थित अमेरिकी दुतावासको पत्राचारको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई महाराजगंजबाट पक्राउ गरेको हो। 

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।