काठमाडौं – बल्खु एरियामा हिँडिरहेका सर्वसाधारण तथा यात्रुहरूलाई जबरजस्ती गाडीमा हाल्ने सामान झोला तान्ने र दुःख हैरानी दिने १७ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काभ्रेपलान्चोकका सुमन लामा, अर्जुन लामा, सुरेन्द्र तामाङ, साजन मगर, बाराका अजयराम महरा, कलाम हवारी, कृष्ण गोपाल चौधरी, तेज बहादुर खड्का, पर्साका तिर्थ मल्लीक भुपाल, दामोदर प्रसाद साह, उदयपुरका बस्नत कार्की, भारतका अंकित कुमार, सर्लाहीका सिकिन्दर महतो, मकवानपुरका महेश राई, चितवनका राम कृष्ण गिरी, सन्तोष स्याङ्तान र स्याङ्जाका दिवस क्षेत्री रहेका छन्।
विगत लामो समयदेखि सर्वसाधारण तथा यात्रुहरूलाई दुःख हैरानी दिने गरेको भन्ने विभिन्न माध्यमबाट प्राप्त गुनासोको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूलाई बल्खु एरियाबाट पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया