नेप्सेमा झिनो अंकको गिरावट, कारोबार रकम भने सामान्य बढ्यो


काठमाडौं – आज शेयर बजार सामान्य अंकले घटेर बन्द भएको छ। आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ८.३० अंकले घटेर बजार २६ सय ५३ दशमलव ४० को विन्दुमा कायम भएको छ।

आज ३४५ कम्पनी कारोबारमा आउँदा १०३ कम्पनीको शेयर मूल्य बढेको छ भने, १६० कम्पनीको शेयर मूल्य घटेको छ । यससँगै, १४ कम्पनीको शेयर मूल्य भने स्थिर देखिएको छ । आज दिनभरिमा ८५ लाख ६४ हजार ४०१ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४१ करोड माथिको शेयर कारोबार भएको छ।

आज सबैभन्दा धेरै ४ प्रतिशत एग्रिकल्चरल बोन्ड को शेयर कारोबार भएको छ। आज यस कम्पनीको ४३ करोड रुपैयाँको शेयर कारोबार भएको छ। ११ प्रतिशत केबीएल डिबेन्चर २०८९को ३९ करोड ६४ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज सबैभन्दा धेरै सानिगार्ड हाइड्रोका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् । त्यस्तै, स्नो रिर्भसका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन्।

यससँगै आज सबैभन्दा बढी गुमाउनेमा अपर लोहोरे हाइड्रोका लगानीकर्ता रहेका छन् । आज यस कम्पनीका लगानीकर्ताले १३.६५ प्रतिशतका दरले गुमाएका हुन् ।