काठमाडौं – सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई छ दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ। अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले दिन हिरासतमा राख्न अनुमति दिएको हो।
उनलाई सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्टसँग शङ्कास्पद कारोबार देखिएको भन्दै सुर्खेतबाट पक्राउ गरेको थियो ।यसअघि पौडेललाई विशेष अदालतले यसअघि दुई पटक म्याद गरिसकेको थियो।
पहिलो पटक उनलाई न्यायाधीशद्वय नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोईरालाको इजलासले सात दिन हिरासतमा राख्न अनुमति दिएको थियो। भने दोस्रो पटक असार १५ गते नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले पौडेललाई ३ दिन म्याद थप गरेको थियो।






About Us
प्रतिक्रिया